Section 10
प्राज्ञिक परिषद्को गठन

(१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक निकायको रुपमा काम गर्न देहायका सदस्यहरु भएको एक प्राज्ञिक परिषद् हुनेछः–

(क) उप–कुलपति अध्यक्ष

(ख) रजिष्ट्रार सदस्य

(ग) डीनहरु सदस्य

(घ) विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरु मध्येबाट पाँच जना सदस्य

(ङ) प्रमुख, पाठ्यक्रम अनुसन्धान तथा विकास केन्द्र सदस्य

(च) विश्वविद्यालय अनुसन्धान महाशाखा, योजना महाशाखा र समन्वय महाशाखाका प्रमुखहरु सदस्य

(छ) वरिष्ठ प्राध्यापकहरु मध्येबाट दुई जना सदस्य

(ज) क्याम्पस प्रमुखहरु मध्येबाट चार जना सदस्य

(झ) लव्ध प्रतिष्ठित विद्वानहरु मध्येबाट दुई जना सदस्य

(ञ) डीनहरु मध्येबाट उप–कुलपतिले तोकेको व्यक्ति सदस्य–सचिव

(२) पदेन सदस्यहरु वाहेक अन्य सदस्यहरुको मनोनयन कार्यकारी परिषद्को सिफारिशमा कुलपतिबाट हुनेछ ।

(३) मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।

(४) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्म बैठक सम्बन्धी कार्यविधि प्राज्ञिक परिषद् आफैले निर्धारण गर्नेछ ।